साताको पहिलो दिन शेयरबजार १२ अंकले अोरालो लाग्यो

काठमाडाैं, ७ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.०८ अंकले घटेर १७८२.३९ बिन्दुमा पुगेको छ । कुल ५१७५ कारोवारबाट १० लाख ८१ हजार ७ कित्ता शेयर किनबेच भई ९६ करोड ४५ लाख ९९ हजार ३९३ रुपैयाको कारोवार भएको छ ।
साताको पहिलो दिन शेयरबजार अोरालो लागेको छ । होटल र विकास बैंक समूह बाहेकका अरु सबै समूह अोरालो लागेको छ ।
होटल समूहको १५.८४ अंकले बढेर ६१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ८.७३ अंकले बढेर ११ करोड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।
वाणिज्य बैंकहरुको १७.९९ अंकले घटेर ४७ करोड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २८.७६ अंकले घटेर १ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ४.०८ अंकले घटेर १ करोड १६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १२.१५ अंकले घटेर ३२ करोड २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै अन्य समूहको ९.२५ अंकले घटेर ७० लाख ३१ हजार ६१० रुपैयाको कारोवार भएको छ ।
कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ६ करोड ३० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ कराेड २३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।