सानिमा बैंकको खुद मुनाफा १ अर्ब ३० करोड रुपैयाँ
Post Date : July 26, 2017 | 5:37 pm

काठमाडौँ, ११ साउन । सानिमा बैंकले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकमा ५८ अर्ब २२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन र ५१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ३० करोड १ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.०१ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १६ करोड ४ लाख १ हजार रुपैयाँ रहेको छ ।