सानिमा लाईफ इन्स्योरेन्सका शाखाहरू महेन्द्रनगर र धनगढीमा विस्तार
Post Date : April 12, 2018 | 5:34 pm

धनगढी, २९ चैत । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र कैलाली जिल्लाको धनगढीमा विधिवत रुपमा दुई शाखा कार्यालयको चैत २८ गतेका दिन समुद्घाटन सम्पन्न गरेको छ ।
आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ । कम्पनीका संचालक श्री घनश्याम थापाज्यु, सद्भावना दुत कलाकार जीतु नेपाल बाट उक्त शाखाहरूको उद्घाटन सम्पन्न भएको थियो भने मुख्य प्रबन्धक श्री गणेश चौलागाई, वरिष्ठ प्रबन्धक श्री गुणराज श्रेष्ठ, प्रबन्धक श्रीमती उषा खतिवडालगायत स्थानिय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।