सिंहदरबारभित्र एभरेष्ट बैंकको एटिएम
Post Date : September 19, 2016 | 12:55 pm

काठमाडौं, ३ असोज । एभरेष्ट बैंकले सिंहदरबार परिसरमा एटिएम सेवा संचालनमा ल्याएको छ । एटिएम काउन्टरको सरकारका अर्थ सचिव शान्तराज सुवेदी र बैंकका प्रमुख कार्यकारी अधिकृलत एके अहलुवालियाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।
हाल बैंकका ६१ शखा, ८६ एटिएम काउन्टर, ५ एक्सटेन्सन काउन्टर र २४ राजस्व संकलन रहेको बैंकले जनाएको छ ।
बैंकले गत आ.व. २०७२।७३ मा ९३ अर्ब ७३ करोड ५४ लाख रुपैया निक्षेप संकलन, ६८ अर्ब ९१ करोड १५ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब ७३ करोड २ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ ।