सिटिजन्स बैंकको थप शाखारहित बैंकिङ सेवा
Post Date : November 21, 2016 | 2:13 pm

काठमाडौँ, ६ मङ्सिर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बर्दिया जिल्लाको जमुन गाविसमा शाखारहित बैंकिङ्ग सेवा स्थापना गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शाखा प्रमुख अरविन्द रेग्मीले गर्नु भएको छ । सेवा संचालनका लागि स्थानीय व्यवसायी विकास अधिकारीलाई बैंकले व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको जनाएको छ ।
बैंकले सरल सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुरयाउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
यस सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछ ।