सिटिजन्स बैंकको सुनसरीको लौकही गाविसमा शाखारहित बैंकिङ्ग सेवा
Post Date : June 23, 2016 | 3:01 pm

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुनसरीको लौकही गाविसमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त सेवाको उद्घाटन बैंकको इटहरी शाखाका प्रमुख सुब्रत रायले गर्नु भएको छ । उक्त सेवा संचालनका लागि बैंकले स्थानीय व्यवसायी अशोक कुमार यादवलाई प्रतिनिधि नियुक्त गरेको छ । बैंकको योसहित शाखारहित बैंकिङ्ग सोवको संख्या ९३ पुगेको छ ।