सिटिजन्स बैंकद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग
Post Date : July 12, 2017 | 4:13 pm

काठमाडौँ, २८ असार । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ जिल्लाको सेमजोङ गाउँपालिकाका भूकम्प पीडित सातसय तीस परिवारलाई आर्थिक सहयोग गरेको छ ।
विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हाईलाइफको सहकार्यमा बैंकले नगद वितरण गरेको हो । गत असार २० गतेदेखि असार २२ गतेसम्म तीन दिन नगद वितरण कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ ।