सिटिजन्स बैंक र एनबी इन्सुरेन्सबीच सम्झौता
Post Date : April 20, 2017 | 12:03 pm

काठमाडौँ, ७ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एनबी इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र एनबी इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि बैंकका ग्राहकले सिटिजन्स बैंकका सबै शाखामार्फत एनबी इन्सुरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवा पाउन सक्नेछन् ।