सिटिजन्स बैंक र कुवेतको डलरको एक्सचेञ्जबीच विप्रेषण सम्झौता
Post Date : April 13, 2017 | 8:07 am

काठमाडौँ, ३१ चैत । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र कुवेतको डलरको एक्सचेञ्ज कम्पनी लिमिटेडबीच विप्रेषण भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र डलरको एक्सचेञ्जका महाप्रबन्धक खालिद सरिफले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि डलरको एक्सचेञ्जमार्फत कुवेतबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरूबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।