सिटी एक्सप्रेसको ४ आना घडेरी महताले पाए
Post Date : February 27, 2017 | 3:20 pm

काठमाडौँ, १६ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७३ को दशैं, तिहार र छठको अवसरमा ल्याएको प्रवर्द्धनात्मक कार्यक्रम “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्” योजनाका विजेता घोषणा गरेको छ ।
महोत्तरी, लक्ष्मीनिया–७ का सनदिलिप कुमार महतो विजेता घोषणा गरिएको छ । उनसले साउदी अरबस्थित टेलिमनीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा २०१६ नोभेम्बर ६ मा ५६ हजार ४ सय ९७ रुपैयाँ पठाएका थिए । महतोले काठमाडौँ उपत्यकामा ४ आना घडेरी जित्न सफल भएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।
उक्त प्रवर्द्धनात्मक कार्यक्रम असोज १५ गतेदेखि पुस १६ गतेसम्म लागू गरिएको थियो ।