सिद्धार्थ डेभलपमेन्ट बैंकको ३९ औँ शाखा हेटौँडामा
Post Date : July 5, 2017 | 11:13 am

मकवानपुर, २१ असार । सिद्धार्थ डेभलपमेन्ट बैंकले मकवानपुरको हेटौंडामा ३९ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले गर्नु भएको थियो । बैंकका अध्यक्ष रामबहादुर भण्डारीले हेटौंडा शाखामा जडान गरिएको एटिएम मेसिनको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बैंक व्यावसायिक तथा सांगठनिक रूपमा सबल रहेको बताउनु भएको थियो ।