सिद्धार्थ डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्सबीच सम्झौता
Post Date : October 24, 2016 | 1:29 pm

काठमाडौं, ८ कार्तिक । सिद्धार्थ डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्सबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखाबाट भुक्तानी लिन सकिनेछ ।