सिद्धार्थ बैंकको नाफा झण्डै सवाअर्ब रुपैया
Post Date : August 2, 2016 | 2:15 pm

काठमाडौं, १८ साउन । सिद्धार्थ बैंकले गत आ.व. २०७२/७३ मा १ अर्ब २४ करोड ४८ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आ.व.मा ७६ करोड ७० लाख रुपैया कमाएको थियो ।
बैंकले गत आ.व.मा ६४ अर्ब ९३ करोड ४३ लाख रुपैया निक्षेप संकलन गरी ५५ अर्ब ३० करोड ५१ लाख रुपैया कर्जा प्रवाह गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.४१ प्रतिशत रहेको छ ।