सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग
Post Date : April 9, 2017 | 2:04 pm

काठमाडौँ, २७ चैत । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आर्थिक अवस्था कमजोर भएका ४३ जना मोतिविन्दुका विरामीको शल्यक्रियाका लागि १ लाख ७५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले नेपाल आँखा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई अस्पतालको ४३ औँ वार्षिकोत्सवको अवसरमा हस्तान्तरण गर्नु भएको थियो ।