सिद्धार्थ बैंकले बोनस शेयर वितरण गर्ने
Post Date : December 8, 2016 | 3:55 pm

काठमाडौँ, मङ्सिर २३ । सिद्धार्थ बैंकको संचालक समितिको बैठकले शेयरधनीलाई १ अर्ब ४७ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित बोनस शेयरको रकम बैंकले हालै जारी गरेको हकप्रद शेयर बाँडफाँड पछिको पूँजीको ३९ प्रतिशत रहेको जारी विज्ञप्तीमा जनाइएको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामाी १५ औं वार्षिक साधाराण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।