सिन्धु विकास बैंकले १६.८ प्रतिशत बोनस शेयर दिने
Post Date : November 13, 2016 | 6:45 pm

काठमाडौँ, २८ कात्तिक । सिन्धु विकास बैंकको सातौं बर्षिक साधारण सभाले आर्थिक बर्ष २०७२।७३ को खुद मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ८ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले १० बराबर ८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।