सिभिल बैंकका सिइओ किशोर महर्जनले राजिनामा दिए
Post Date : April 25, 2017 | 9:12 am

काठमाडौँ, १२ वैशाख । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले राजिनामा दिनु भएको छ । बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहनु भएको महर्जनको दोस्रो कार्यकाल २०७४ साउन १२ गते सकिँदै थियो ।
सिभिल बैंकले गोविन्द गुरुङलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । त्रिभुवन विश्व विद्यालयबाट एमबीए गर्नु भएका गुरुङले विभिन्न बैंकमा काम गरेको २१ वर्षको अनुभव छ ।