सिभिल बैंकको हकप्रद शेयरको निष्काशन प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट
काठमाडौँ, २० वैशाख । सिभिल बैंक लिमिटेडले आफ्नो ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ । बैंकले आगामी जेठ ४ गते बोलाएको साधारण सभाबाट पारित हुने बोनस शेयर तथा यूनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतले जारी हुने हकप्रद शेयरको लागि लक्ष्मी क्यापिटललाई बिक्री/निष्काशन प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीब सापकोटाले हस्ताक्षर गर्नुभयो ।
हकप्रद शेयर जारी गरे पश्चात र आ. व. २०७३/२०७४ को प्रक्षेपित बोनस शेयरबाट चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले टोके बमोजिम हुने समेत बैंकले जनाएको छ ।