सिभिल बैंकले १० बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
Post Date : July 18, 2017 | 12:18 pm

काठमाडौँ, ३ साउन । सिभिल बैंकले १० बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलब ७५ कित्ता शेयर बराबर २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६ सय ७५ रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । बैंकले उक्त शेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।