सुरेन्द्र भण्डारीद्वारा कुमारी बैंकमा सिइओको पदभार ग्रहण
Post Date : July 17, 2017 | 4:03 pm

काठमाडौँ, २ साउन । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले पदभार ग्रहण गर्नु भएको छ । उहाँले यही साउन १ गते आइतबार पदभार ग्रहण गर्नु भएको हो । गत जेठ महिनामा नै बैंक संचालक समितिले आगामी ४ वर्षका लागि उहाँलाई कुमारी बैंकको सिइओमा नियुक्त गरेको थियो ।