सूर्योदय लघुवित्तको साधारण शेयर बाँडफाँड
Post Date : October 21, 2016 | 11:09 am

काठमाडौं, ५ कार्तिक । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको १ लाख २० हजार कित्ता शेयर बाँडफाँड गरेको छ । जसमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता शेयर कर्मचारीको लागि छुट्याई बाँकी रहेको १ लाख ९ हजार २ सय कित्ता शेयरमा सबै वर्गका आवेदकलाई गोलाप्रथा गरेको हुनाले अधिकतम १० कित्ता शेयर परेको छ । शेयरका लागि करिब साढे ४७ गुणा बढी आवेदन परेको थियो ।