सेति फाइनान्सको १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन
Post Date : October 28, 2016 | 12:33 pm

काठमाडौँ, १२ कात्तिक । सेति फाइनान्स लिमिटेडले हाल कायम रहेको चुक्ता पूँजी रु ६,३४,५२,४००/– को एक शेयर बराबर एक दशमलब पाँच (१ः१.५) को अनुपातमा रु १००/– अंकित ९,५१,७८६ कित्ता हकप्रद साधारण शेयर २०७३ कात्तिक ९ गतेसम्म कायम साविक शेयरधनीहरूले मिति २०७३ मंसिर १ गतेदेखि २०७३ पुस ५ गतेसम्म निष्काशन गर्ने भएको छ ।
शेयरधनीहरूले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौँ र सेति फाइनान्स लिमिटेड, टिकापुर, कैलालीबाट हकप्रद शेयर खरिद गर्न सक्नेछन् ।