सेती फाइनान्स लिमिटेडले १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : September 26, 2016 | 3:16 pm

काठमाडौं, १० असोज । सेती फाइनान्स लिमिटेडको १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशनलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले सेती फाइनान्सलाई एनआइबिएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहने गरी अनुमति दिएको हो ।

हाल फाइनान्सको ६ करोड ३४ लाख रुपैया चुक्ता पूँजी रहेको छ । हकप्रद शेयर निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी १५ करोड ८५ लाख रुपैया पुग्नेछ । फाइनान्सको गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ८४ लाख ९२ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *