सेन्चुरी कमर्सियल बैंकको शाखा खोटाङको बाक्सिलामा
Post Date : May 1, 2016 | 10:34 am

सेन्चुरी कमर्सियल बैंकले खोटाङको बाक्सिलामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । खोटाङको सदरमुकाम दिक्तेलमा शाखा कार्यालय संचालन गर्दै आएको सेन्चुरी कमर्सियल बैंकले जिल्लाको उत्तरी व्यापारिक केन्द्रको बाक्सिला बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । यो खोटाङमा सेन्चुरी बैंकको तेस्रो शाखारहित बैंकिङ सेवा हो ।
बैंकले यसअघि नै लामिडाँडामा पहिलो र हलेसीमा दोस्रो शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइसकेको छ ।