सेन्चुरी कमर्सियल बैंकले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद शेयर वितरण गर्ने
Post Date : April 15, 2017 | 9:04 am

काठमाडौँ, २ वैशाख । सेन्चुरी कमर्सियल बैंकको बिहीबार सम्पन्न छैठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई आ.व. २०७२/७३ को खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपश्चात कायम हुने चुक्ता पूँजीमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
सेन्चुरी कमर्सियल बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ । चारवटा संस्था प्राप्तिबाट करिब २ अर्ब रुपैयाँ चुक्ता पूँजी थप हुने बैंकले जनाएको छ । त्यस्तै शाखा संख्या ९० वटा पुग्नेछ ।