सेन्ट्रल फाइनान्सले २२.५% बोनस शेयर दिने
Post Date : September 21, 2016 | 8:33 am
काठमाडौं, ५ असोज । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई २२ दशमलब ५ प्रतिशत बोनस शेयर र १ दशमलब १८ प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको छ ।
सेन्ट्रल फाइनान्सको संचालक समितिको २१५ औं बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयन हुनेछ ।