सेयर बजार तेह्र अङ्कले बढ्यो
Post Date : December 15, 2016 | 4:41 pm

काठमाडौँ, ३० मङ्सिर । लगातार घट्दै आएको धितोपत्र बजार आज भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३.९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर रु ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ ।
‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज २.८५ प्रतिशतले बढेको छ । आज उत्पादन कम्पनीको बाहेक अन्य समूहका सेयर भने बढेको छ । स्टकका अनुसार बैंकिङ ०.९३, होटल १.८२, विकास बैंक १.२९, जलविद्युत् ०.४७, फाइनान्स ०.९ र बिमा १.२८ प्रतिशतले बढेको छ । उत्पादन समूह ०.२९ घटेको छ भने अन्य समूह सामान्य अवस्थामा रहेको छ । रासस