सेवा विकास बैंकको मुनाफा १३ करोड ६ लाख रुपैयाँ
Post Date : May 11, 2017 | 8:40 am

काठमाडौँ, २८ वैशाख । सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५ अर्ब ३४ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ९२ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरी १३ करोड ६ लाख १५ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा ०.९४ प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.३८ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी ९४ करोड १८ लाख ६१ हजार रुपैयाँ छ ।