सेवा विकास बैंकको १४ औँ शाखा तिलकपुरमा
Post Date : February 24, 2017 | 11:38 am
काठमाडौँ, १३ फागुन । सेवा विकास बैंकले नवलपरासी जिल्लाको तिलकपुर–५, बासाबसहीमा १४ औँ शाखा स्थापना गरेको छ ।
शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका मुख्य व्यवस्थापक रेवतीप्रसाद नेपालले गर्नु भएको छ ।
बैंकले हाल ५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाइएको छ ।