सेवा विकास बैंकले १ बराबर १.२० का दरले हकप्रद शेयर जारी गर्ने
Post Date : September 24, 2016 | 12:18 pm

काठमाडौं, ८ असोज । सेवा विकास बैंकले आफ्ना शेयरधनीलाई १ शेयर बराबर १.२० का दरले हकप्रद शेयर दिने भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त हकप्रद शेयर जारी गर्न स्वीकृति समेत दिइसकेको छ ।
बैंकको हाल ४२ करोड रुपैया चुक्ता पूँजी रहेको छ । उक्त हकप्रद शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी करिब ९३ करोड रुपैया पुग्नेछ ।