सोमबार २ सय २५ करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने
Post Date : November 20, 2016 | 3:39 pm

काठमाडौँ, ५ मङ्सिर । नेपाल राष्ट्र बैंकले ६ गते सोमबार २ सय २५ करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र ऋण व्यवस्थापन विभागले बोलकबोलको माध्यममा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
९१ दिने उक्त ट्रेजरी बिलको परिपक्व हुने मिति २०७३ फागुन १० गते रहेको छ ।