स्वरोजगार लघुवित्तको तीनवटा शाखा स्थापना
        Post Date : June 15, 2017 | 10:35 am
          
            
            
            
            
           
        
        
                  
                  रौतहट, १ असार । स्वरोजगार लघुवित्त विकास बैंकले रौतहटमा तीनवटा शाखा स्थापना गरेको छ । बैंकले सखुवा धमौराको हर्षाह, लक्ष्मीनियाको विजयपुर र चन्द्रपुरको चन्द्रनिगाहपुरमा शाखा स्थापना गरी संचालन गरेको छ । बैंकको चुक्ता पूँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                            