स्वावलम्बन लघुवित्त र बुम रेमिटबीच सम्झौता
Post Date : May 23, 2017 | 12:10 pm

काठमाडौँ, ९ जेठ । स्वावलम्बन लघुवित्त विकास बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स सेवा संचालन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा स्वावलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधान र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि बुम रेमिटमार्फत विदेशबाट नेपालीले पठाएको रकम बैंकको ५४ शाखामार्फत भुक्तानी हुनेछ ।