हजयात्रीलाई आवश्यक पर्ने साउदी रियाल सटही सुविधा
Post Date : August 31, 2016 | 2:01 pm

काठमाडौं, १५ भदौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले मक्का/मदिना जाने हजयात्रीलाई आवश्यक पर्ने साउदी रियाल सटही सुविधा दिइरहेको छ ।
बैंकको घण्टाघरस्थित पञ्चकाश्मिर तकिया मस्जिदमा काउण्टर राखी राहदानी तथा टिकट वापत अधिकतम साउदी रियाल ९ हजार सम्म हजयात्रीले प्राप्त गर्न सक्ने जनाएकोछ ।