हाम्रो विकास बैंकले २५ प्रतिशत बोनस शेयर दिने
Post Date : September 9, 2016 | 7:56 am

काठमाडौं, २४ भदौ । नुवाकोट प्रधान कार्यालय रहेको हाम्रो विकास बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेमा शेयरधनीलाई वितरण गरिने छ ।