हिमालयन बैंकको खुद मुनाफा १ अर्ब ५३ करोड रुपैयाँ
Post Date : May 8, 2017 | 4:43 pm

काठमाडौँ, २५ वैशाख । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ९२ अर्ब ८९ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन र ७८ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा ०.९० प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.९० प्रतिशत रहेको छ ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ६१ करोड ४७ लाख १८ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ५१ करोड ३० हजार रुपैयाँ रहेको छ ।