हिमालयन बैंकद्वारा सहयोग
Post Date : June 15, 2017 | 10:31 am

काठमाडौँ, १ असार । हिमालयन बैंक लिमिटेडले बुढानिलकण्ठ–६, टुसालस्थित अनाथ असहाय बाल सुधार संघका २८ जना बालबालिकाहरूलाई विद्यालय पोशाक र जुत्ता प्रदान गरेको छ । बैंकका प्रमुख व्यवस्थापक विपिन हाडाले बालबालिकाहरूलाई उक्त सहयोग हस्तान्तरण गर्नु भएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो ।