हिमालयन बैंकले ३० प्रतिशत शेयर दिने
Post Date : December 1, 2016 | 11:09 am

काठमाडौँ, १६ मङ्सिर । हिमालयन बैंकको संचालक समितिको ३ सय ३८ औँ बैठकले गत आर्थिक वर्ष २०७२।७३ को खुद मुनाफामध्येबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलब ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण सम्बन्धी संचालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । गत आर्थिक वर्ष २०७२।७३ मा बैंकले १ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।
बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ९३ अर्ब २२ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन, ७२ अर्ब १८ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।