हिमालयन बैंकले ७ बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
Post Date : October 1, 2016 | 4:39 pm

काठमाडौं, १५ असोज । हिमालयन बैंकले ७ बराबर १ कित्ताका दरले ६४ लाख २७ हजार ३ सय ५० कित्ता अर्थात ६४ करोड २७ लाख ३५ हजार रुपैयाको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ ।
बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैया रहेको छ । हकप्रद शेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब १४ करोड १८ लाख रुपैया पुग्नेछ ।
बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ९१ करोड ५६ लाख २८ हजार रुपैया खुद मुनाफा गरेको थियो । त्यस्तै, उक्त अवधिमा ८७ अर्ब ३२ करोड ३१ लाख रुपैया निक्षेप संकलन गरी ६९ अर्ब १० करोड ८ लाख रुपैया कर्जा प्रवाह गरेको थियो ।