हिमालयन बैंक र जापानको रेमिट्यान्स कम्पनीबीच सम्झौता
Post Date : August 16, 2016 | 1:39 pm

काठमाडौं, ३२ साउन । हिमालयन बैंक र जापानको रेमिट्यान्स कम्पनी एन एण्ड पी १००४ कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स कारोवार सम्बन्धी सम्झौता भई कारोवार सुरु भएको छ ।
जापानको टोकियो शाखामा अगष्ट ६–७ मा सम्पन्न नेपाल फेस्टिभल २०१६ मा बैंकले क्युएस रेमिट मार्फत जापानबाट विप्रेषण कारोवार सुरु गरेको हो । क्युएस रेमिटमार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४२ वटै शाखा तथा सातहजार पाँचसय भन्दा बढी हिमाल रेमिट काउण्टरबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्म ८७ अर्ब ३२ करोड ३१ लाख रुपैया निक्षेप संकलन, ६९ अर्ब १० करोड ८ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब ९१ करोड ५६ लाख रुपैया खुद मुनाफा गरेको छ ।