हिमालयन बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच सम्झौता
Post Date : January 4, 2017 | 3:13 pm

काठमाडौँ, २० पुस । हिमालयन बैंक र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच इन्स्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोककुमार ज.ब.राणा र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका कामु महाप्रबन्धक वीरेन्द्र वैदवार क्षेत्रीले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता अनुसार बैंक तथा इन्स्योरेन्स कम्पनी बीचको व्यावसायिक सम्बन्ध बलियो बनाउने र वीमितलाई सहज रुपमा बिमा सेवा प्रदान गर्ने जनाएको छ ।