१० अर्ब रुपैयाको रिभर्स रिपो
Post Date : May 17, 2016 | 3:20 pm

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य निक्षेप उल्लेख्य मात्रामा बढेपछि ट्रेजरी बिल र रिभर्स रिपोबाट रकम खिच्ने भएको छ । राष्ट्र बैंकले मूल्य स्थिरता कायम गर्नको लागि रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकले ७ दिनको अवधि रहने गरी १० अर्ब रुपैयाको रिभर्स रिपो ल्याउन लागेको हो । बैंकले ३ गते ट्रेजरी बिल बिक्री गर्ने र जेठ ५ गते रिभर्स रिपोबाट रकम खिच्ने जनाएको छ ।