१० अर्ब रुपैया बराबरको ७ दिने रिभर्स रिपो बिक्री हुने
Post Date : August 1, 2016 | 2:42 pm

काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले साउन १९ गते बुधबार १० अर्ब रुपैया बराबरको ७ दिने रिभर्स रिपो बिक्री गर्ने भएको छ । यो रिभर्स रिपो साउन २६ गते परिपक्व हुनेछ । रिभर्स रिपोको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले भाग लिन पाउनेछन् ।