आईपिओमा दुईसय गुणा बढी आवेदन
Post Date : March 25, 2016 | 9:20 am

मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको प्राथमिक शेयर निष्काशन (IPO) मा लगानीकर्ताको शेयर खरिदका लागि दुईसय गुणाभन्दा बढी रकम (१२ अर्ब रुपैयाभन्दा बढी) को आवेदन पर्ने अनुमान शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल IME क्यापिटलले गरेको छ । मेरो माइक्रो फाइनान्सले ६ करोड १२ लाख रुपैयाको शेयर सर्वसाधारणको लागि जारी गरेको छ ।