सेन्चुरी कमर्सियल बैंक र ट्रान्स–फास्ट रेमिटबीच सम्झौता
Post Date : May 12, 2016 | 9:17 am

काठमाडाैं, ३० बैशाख । सेन्चुरी कमर्सियल बैंक र ट्रान्स–फास्ट रेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापछि ट्रान्स–फास्टबाट पठाएको रकम सेन्चुरी बैंकका सम्पूर्ण शाखा वा एक्सटेन्सनबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को चैत मसान्तसम्म कुल निक्षेप २६ अर्ब १ करोड र २२ अर्ब ८३ करोड रुपैया कर्जा लगानी गरी २२ करोड २४ लाख रुपैया खुद मुनाफा गरेको छ ।
बैंक ३१ वटा शाखा, २८ वटा एटिएम काउण्टर र ८ वटा शाखारहित बैंकिङ्ग र २ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको बैंकले जनाएको छ ।