नेपाल राष्ट्र बेंकले ५ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने
Post Date : February 5, 2018 | 9:08 am

काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको ३ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल र ९१ दिने अवधिको १ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ५ अर्ब १६ करोड रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि २०७४ माघ २२ गते अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्नेछ ।
२८ दिने अवधिको ट्रेजरी बिल २०७४ फागुन २२ गते र ९१ दिने अवधिको ट्रेजरी बिल २०७५ बैशाख २५ गते परिपक्व हुनेछ ।