नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने

Post Date : July 23, 2016 | 5:09 pm

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैया बराबरको ट्रेजरी बिल २०७३ श्रावण ९ गते जारी गर्ने भएको छ । यो ९१ दिने अवधिको ऋणपत्र हो । ऋणपत्रको अवधि असोज ९ गते सकिनेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रापत “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाको साथै सर्वसाधारण नेपाली नागरिकले खरिद गर्न सक्ने यस ऋणपत्रका लागि अनलाइनमार्फत बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ ।

आवेदनकर्ताले न्यूनतम ५० हजार रुपैया र बढीमा कुल आह्वान गरेको ५० करोड रुपैयाको सीमामा नबढाई ५० हजार रुपैयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *