रेडियो नेपाल सुधारका लागि सात बुँदे कार्ययोजना सार्वजनिक
Post Date : March 23, 2016 | 9:51 am

कार्ययोजना कार्यान्वयनमा असहयोग गर्नेलाई कारवाही गर्ने मन्त्रीको चेतावनी ।
सरकारी स्वामित्वको रेडियो नेपालले आफ्नो सुधार सम्बन्धमा सात बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।
रेडियो नेपालले विहिवार सूचना तथा संचारमन्त्री शेरधन राईको उपस्थितिमा आफ्नै परिसरमा एक समारोह गरेर सात बुँदे कार्ययोजना सार्वजनिक गरेको हो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले नीतिगत, कानूनी र संरचनागत, आन्तरिक व्यवस्थापन, जनशक्ति व्यवस्थापन, प्रतिस्पर्धात्मक क्षमता लगायतका क्षेत्रमा सुधार गरि रेडियो नेपाललाई विश्वसनीय बनाउने बताउनुभयो ।