NIC बैंकबाट अढाई लाख रुपैया लुटियो
        Post Date : March 25, 2016 | 9:21 am
          
            
            
            
            
           
        
        
                 
                  NIC बैंकको आदर्शनगरमा रहेको काउण्टरबाट सोमबार अज्ञात समूहले २ लाख ५० हजार रुपैया लुटेर फरार भएको छ । दिउसो करिब २ बजे इनरुवा रहेको एक मनिचेञ्जरका संचालकले जम्मा गर्न लागेको १० लाख रुपैया बैंकको काउण्टरमा मिलाउँदै गर्दा अढाई लाख रुपैया लुटेर अज्ञात समूह फरार भएको थियो । बैंकको CCTV मा रकम लुटिएको दृश्य रेकर्ड भएको छ । CC क्यामेराको फुटेजबाट लुटेरा समूहको पहिचान भइसकेको र उनीहरूको खोजी कार्यमा प्रहरी लागिसकेको जनाइएको छ ।
