इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई

Post Date : March 16, 2017 | 10:44 pm

इटहरी, ३ चैत । इटहरीको जनता खेल मैदानमा आज सम्पन्न भएको ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ ।

शसस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले उपाधि जितेको हो ।

काँकडभिट्टाको जितमा खेलको ४९ औँ मिनेटमा विदेशी खेलाडी पिटरले गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्यो ।

विजेता टिमले रु दुई लाख ट्रफी तथा उपविजेता एपिएफले रु एक लाख प्राप्त गरेको छ ।

बिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नगद तथा ट्रफि प्रदान गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *